काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चि रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ।
टिम ओनर स्वतन्त्रप्रताप शाह, मार्की प्लेअर दीपेन्द्रसिंह ऐरी र सुदूरपश्चिमका ब्राण्ड एम्बासडर दीपक विष्टले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन्।
सुदूरपश्चिमको जर्सी पहेंलो रङको छ। सुदूरपश्चिमले ड्रोनमार्फत पनि जर्सी सार्वजनिक गरेको छ। मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको नाम र नम्बर अंकित जर्सी ड्रोनमार्फत कार्यक्रम हलमा प्रवेश गराएर रिभेल गरिएको हो।
रोयल्सले विदेशी खेलाडीमा न्युजिल्यान्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्ताफा, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र इंग्लिस क्रिकेटर सेफ अली जेबलाई अनुबन्ध गरिसकेको छ।
अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हगलाई प्रमुख मेन्टरमा लिएको छ। सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्।