एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।

यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो।

यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।

यसअघि हिजो भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी शुरुआत गरेका छन् । चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले अनि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्यो ।

एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् ।

तेस्रो संस्करणको यो प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

Leave A Reply

Your email address will not be published.