बैतडी -बैतडीको मेलौली नगरपालिकामा बालविवाह रोकथाम तथा अन्त्यका लागि सरोकारवाला निकायसँग समन्वय बैठक सम्पन्न भएको छ।
दलित समाज विकास मञ्च बैतडीको आयोजनामा भएको बैठकमा बालविवाह रोकथाम, मानव अधिकारमैत्री संस्कार निर्माण तथा हानिकारक सामाजिक प्रचलन अन्त्यका विषयमा छलफल गरिएको हो।
‘बालविवाह रोकथाम र अन्त्यका लागि साझा अभियान, मानव अधिकारमैत्री संस्कार निर्माणमा गरौँ योगदान’ भन्ने मूल नारासहित संस्थाले जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
दलित समाज विकास मञ्चले बालविवाह, लैङ्गिक हिंसा तथा जातीय विभेदजस्ता हानिकारक सामाजिक प्रचलनविरुद्ध काम गरिरहेको संस्थाका कार्यक्रम संयोजक सुरेश सेरलाले बताए ।
बैठकमा सहभागी स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाले बालविवाह रोकथामका लागि आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।