डडेल्धुराको परशुराममा जीप दुर्घटना २ जना महिलाको मृत्यु , ९ जना घाईते

डडेल्धुरा-डडेल्धुरामा जिप दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको छ। कञ्चनपुरको दैजीदेखि डडेल्धुराको सलेता जाँदै गरेको जिप लिप्नामा दुर्घटना भएको छ।

दैजीबाट यात्रु बोकेर जाँदै गरेको जिप मंगलबार अपरान्ह दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ। उक्त जीपमा अन्य ९ जना यात्रु घाईते भएका छन ।मृतकको सनाखत हुन भने बाँकी नै छ। प्रहरी टोली घटनास्थलमा पुगेर घटना जाँचबुझ गरिरहेको छ। थप विवरण आउन बाँकी छ।

Leave A Reply

Your email address will not be published.