पत्रकार महासघंको अध्यक्षमा निर्मला शर्माको जीत निश्चित

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जीत निश्चित भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार केही मत गन्न बाँकी भए पनि शर्माको गन्न बाँकी भन्दा बढी मतान्तर भइसकेको छ।

गएरातिसम्मको मतगणनामा शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टभन्दा एक हजार मतले अगाडि हुनुहुन्छ। शर्माको जीतसँगै नेपाल पत्रकार महासङ्घले इतिहासमा पहिलो पटक महिला नेतृत्व पाउँदैछ। शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुनुहुन्छ।

यस्तै प्रेस युनियनबाट विद्रोह गरेर उम्मेदवारी दिएका विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनको समर्थन रहेको छ। अध्यक्षसँगै केन्द्रीय पदाधिकारीका धेरै पदमा पनि शर्मा प्यानलकै उम्मेदवारले जित्ने निश्चित भएको छ। वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा नितु पण्डित र महासचिवमा रामप्रसाद दाहालले अग्रता लिनुभएको छ। केही पदमा भने विष्ट प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन्।

Leave A Reply

Your email address will not be published.