दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ ‘सीएनएन’ को सूचीमा

दुई हप्तामै तीन पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने पूर्णिमा श्रेष्ठ अमेरिकी टेलिभिजन ‘सीएनएन’ को साहसी खेलाडीको सूचीमा पर्नुभएको छ । पूर्णिमा सीएनएनको ‘द एक्सट्रिम एथ्लेट्स हु पुस्ड लिमिट्स इन २०२४’ को सूचीमा पर्नुभएको हो ।

एकै याममा तीन पटक सगरमाथा आरोहण गर्ने उहाँ विश्वकै पहिलो महिला आरोही हुनुहुन्छ । फोटो पत्रकारसमेत रहनुभएकी पूर्णिमाले गएको मे १२, १९ र २५ मा लगातार सगरमाथाको आरोहण गर्नुभएको थियो ।

पूर्णिमा सातौं अग्लो हिमाल धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुनुहुन्छ । उहाँले सन् २०२१ मा पासाङ ल्हामु शेर्पा अकितासँग धौलागिरि आरोहण गर्नुभएको थियो ।

सीएनएनको साहसी खेलाडीको सूचीमा परेसँगै पूर्णिमाले गौरवान्वित महसूस गर्दै सन् २०२४ आफ्नो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.