डडेल्धुरा-डडेल्धुरामा जबरजस्ती करणी मुद्दाका फरार दोषी पक्राउ परेका छन्।
जिल्ला अदालत डडेल्धुराको फैसलाले जबरजस्ती करणी तथा हाड नाता करणी मुद्दामा साठी हजार जरिवाना तोकिएका तर फरार रहेका जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६३ वर्षीय नरबहादुर खाती पक्राउ परेका हुन्। खातीलाइ सोमबार ९आज० प्रहरीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।