प्रधानमन्त्री कप महिला क्रिकेट: एपीएफ फाइनल नजिक

प्रधानमन्त्री कप टी(२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको पहिलो सुपर फोरको खेलमा एपिएफ क्लब विजयी भएको छ। धनगढीस्थित फाप्ला मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई १० विकेटले पराजित गर्यो।

जितसंगै एपिएफ फाइनल नजिक पुगेको छ। जितका लागि पाएको ४३ रनको लक्ष्य एपिएफले ६।५ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो। जसमा ममता चौधरीले अविजित २३ र राजमती ऐरी १४ रनमा नटआउट रहिन्।

यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले १८ ओभरमा ८ विकेटको क्षतिमा ४२ मात्रै जोड्न सक्यो। हुस्सुका कारण १८ ओभरमा झारिएको खेलमा बागमतीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन समेत जोड्न सकेनन्।

बलिङमा एपिएफका सुमन विष्टले ३,रेखा रावल र विनु बुढाले २र२ विकेट हात पारिन्। सुमन प्लेयर अफ द म्याच समेत चुनिइन्। माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो। प्रतियोगिताको उपाधि जित्नेले ५ लाख, दोस्रो हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५र२५ हजार पुरस्कार दिइने छ।

Leave A Reply

Your email address will not be published.