दिपक राज दिर्घायु
फागुन २४ मगंलबार,२०७८
बैतडी–मेलौलीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । यहि फागुन २६ गतेबाट यौङ्ग स्टार क्रिकेट क्लबको आयोजनामा मेलौली नगरपालीका–०१ मा रहेको मेलौली भगवति मन्दिरको प्राङ्गणमा सञ्चालन हुने क्लबका पुर्ब कप्तान मगेश दयालले बताए ।
खेल जगतमा खेलाडीहरुको क्षमता विकासका लागि र राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागी खेलकुद र मनोरञ्जनका लागि खेलकुद आवश्यक भएका कारण खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिएकोे उनले बताएका छन ।
प्रतियोगितमा सहभागि हुने ईच्छुक खेलाडीहरुले यहि फागुन २६ गते बिहान १० बजेसम्म टिम दर्ता गराउन क्लबले अनुरोध गरेको छ। टिम दर्ता गराउदा चार हजार शुल्क लाग्ने आयोजक क्लबले जनाएको छ।
प्रतियोगिमा पहिलो हुने टिमलाई २० हजार सहित ट्रफि, मेडल, प्रमाणपत्र र दोस्रो हुने टिमलाई १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै बेष्ट बलरलाई ५०० सहित प्रमाण पत्र, बेष्ट ब्याट्सम्यानलाई ५०० सहित प्रमाण पत्र र म्यान अफ द सिरिजलाई १००० सहित प्रमाणपत्र प्रदान गरिने जनाईएको छ ।
लिग म्यच १० ओभर, सेमि फाईनल १५ ओभर र फाईनल खेल २० ओभरको हुने आयोजक समितिले जनाएको छ। प्रतियोगितामा सहभागि टिमहरुले खान बस्नको ब्यवस्था स्वयम आफैले गर्नुपर्ने आयोजक क्लबले जनाएको छ ।
Man of the series 100???