आज मौसम बदली: एक-दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावका कारण आज काठमाण्डौ उपत्यकासहित कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली छ। यी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एकरदुई ठाउँमा छिटपुटदेखि हल्का वर्षा र कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।

काठमाण्डौ उपत्यकामा आज दिनैभर नै मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो। तराईका धेरै ठाउँमा हुस्सु लागेको छ।

पश्चिम तराईमा हिजो दिउँसो हुस्सु तथा कुहिरो हटेर भिजिविलिटीमा समेत केही सुधार देखिएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो पनि तराईका केही ठाउँमा हुस्सु हट्ने सम्भावना छ।

यीबाहेक देशका अरु भागमा आज मौसम सफा नै छ। आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। हिजो न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो। हिजोको भन्दा आज न्यूनतम तापक्रम बढेको हो। त्यस्तै आज काठमाण्डौमा अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने अनुमान छ।

Leave A Reply

Your email address will not be published.