माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, सुदूरपश्चिममा को?

नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ। सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोकेको हो।

प्रवक्ता अग्नि सापकोटाका अनुसार कोशीमा उपमहासचिव हरिबोल गजुरेल, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमतीमा सचिव हितमान शाक्य, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई इन्चार्ज तोकिएको हो।

यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसिया प्रदेशमा ओम शर्मालाई इन्चार्ज तोकिएको छ। 

यस्तै माओवादीले फागुन १२ गतेदेखि प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाबाट हुलाकी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.