अर्जुन ट्रफी क्रिकेट: उपाधिका लागि आज डडेल्धुरा र अत्तरिया भिड्दै

सिवाइसी अत्तरिया कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको सेमिफाइनलमा डिसिए धनगढीलाई ६ विकेटले हराएर अत्तरिया फाइनलमा सुरक्षित भयो।

जितका लागि पाएको १०९ रनको सामान्य लक्ष्य अत्तरियाले १८ ओभरमा ४ विकेट क्षतिमा पुरा गर्यो। जसमा शंकर रानाले अर्धशतकीय पारी खेल्दै ५६ रनमा अविजित रहे।राना प्लेयर अफ द म्याच पनि चुनि । यस्तै दिपेश कडेलले २४, भीम सार्कीले १६ र विवेक यादव १२ रनमा नटआउट रहे। धनगढीका हिक्मत महराले २,ललित राजवंशी र भोजराज भट्टले १र१ विकेट हात पारे ।

यसअघि फाप्ला क्रिकेट मैदानको पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा अलआउट हुँदै १०८ रन बनायो। जसमा मिलन बोहराले २८,अभिषेक पालले २७,दीपेन्द्रसिंह ऐरीले १५,राहुल भण्डारीले १३, लोकेश बमले ११ रन बनाए। अत्तरियाका विकेक यादव र कमल गुप्ताले २र२ विकेट हात पारे। अत्तरियाले उपाधिका लागि आज फ्रेन्ड्स युथ क्लब डडेल्धुरासंग खेल्नेछ।

नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्।धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०र५० हजार पाउनेछन।

Leave A Reply

Your email address will not be published.