बैतडीको मेलौलीमा वार्षिक परीक्षा फागुन २५ गतेदेखि सञ्चालन हुने

बैतडी-बैतडीको मेलौली नगरपालिकामा विद्यालयस्तरीय बार्षिक परीक्षा यहि फागुन २५ गतेदेखि सुरु हुने भएका छन्।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार, कक्षा ४ देखि ९ सम्म का विद्यार्थीहरूको परीक्षा एकै मितिबाट सञ्चालन गरिनेछ ।कक्षा १ देखि ३ सम्मको नियमित मुल्याकंनको आधारमा नतिजा प्रकाशन गर्ने गरिएको छ ।

नगरपालिकाका सम्पूर्ण विद्यालयमा एकरूपता कायम गर्न तथा परीक्षालाई व्यवस्थित बनाउने उद्देश्यले नियमित बार्षिक परिक्षा तथा व्यस्थापन समितको बैठकबाट पारित निर्णयअनुसार परीक्षा तालिका तयार गरिएको मेलौली नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत कम्प्युटर अपरेटर महेन्द्र सिंह नायकले बताउनुभयो।

यसका साथै, कक्षा ८ को पालिकास्तरीय परीक्षा पनि सोही मितिदेखि सुरु हुने नगरपालिकाले जनाएको छ।नगरपालिकाले सम्पूर्ण विद्यालय व्यवस्थापन, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई निर्धारित मिति, समय तथा परीक्षा निर्देशिका पालन गर्न अनुरोध गरेको छ।

परीक्षालाई मर्यादित रूपमा सम्पन्न गर्न विद्यालय प्रशासनले आवश्यक तयारी गरिसकेको छ।विद्यार्थीहरूलाई समयमै तयारी गर्न आग्रह गर्दै, परीक्षा सुव्यवस्थित बनाउने सम्पूर्ण प्रक्रियामा सबै पक्षको सहयोग आवश्यक रहेको सामाजिक विकास समिति संयोजक एवं वडा नं ९ का वडा अध्यक्ष लोक राज भट्टले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.