प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जोशी चयन

प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पत्रकार केशवराज जोशी निर्वाचित भएका छन्।

डडेल्धुराको आलितालमा सम्पन्न प्रदेशको तेस्रो अधिवेशनबाट जोशी निर्विरोध निर्वाचित भएका हुन।जोशीको अध्यक्षतामा २७ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरिएको निवर्तमान अध्यक्ष भुवन बोहराले बताए। खुल्ला उपाध्यक्षमा कर्ण चन्द, महिला उपाध्यक्षमा जानकी धामी, समावेशी उपाध्यक्षमा मुकेश टेर्रा र महासचिवमा तेजराज भट्ट निर्वाचित भएका छन।

यस्तै, सचिवमा सुवाश कठायत, ललित बोहरा, होम साउद, पहिलाद राना, पदम सुनार र कोषाध्यक्षमा दिपकराज अवस्थी पनि सर्वसहमत निर्वाचित भए।

यसैगरी, अधिवेशनको बन्दसत्रबाट कार्यसमिति सदस्यमा पुस्करराज भट्ट, महेन्द्र बम, इन्द्र साउद, पदम बोहरा, पदम साउद, विमल धामी र होम योगी छन्। अधिवेशन उद्घाटन समारोहमा ‘युद्ध पत्रकारिता’ गर्नुभएका सुदूरपश्चिमका ३० जनालाई सम्मानित गरिएको थियो।

यसअघिका सोमबारबाट अध्यक्ष भुवन बोहराको अध्यक्षतामा सुरु भएको प्रेस सेन्टरको अधिवेशनलाई नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले उद्घाटन गरे।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्षहरु रामसिंह ठगुन्ना र लक्ष्मण खडका, महासचिव सन्तोष पौडेललगायतले सम्बोधन गरे।

Leave A Reply

Your email address will not be published.