गोरखामा माइक्रोबस दुर्घटना, एकको मृत्यु, १४ जना घाइते

गोरखामा माइक्रोबस दुर्घटनामा परेर आज एक जनाको मृत्यु भएको छ।

मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको इभी माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा विहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो।

दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घरका ३७ बर्षका पदमबहादुर दर्जी रहेको उहाँले बताउनुभयो।

दर्जीको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा मृत्यु भएको डिएसपी सुवेदीले बताउनुभयो। बिहान करिब ११ः२५ बजे कच्ची सडकबाट माइक्रो करिब १५ मिटर तल खोँचमा खसेको हो।

Leave A Reply

Your email address will not be published.