नेपाल निर्माण उद्योग परिषध बैतडीको अध्यक्षमा भुवन जोशी

बैतडी– नेपाल निर्माण उद्योग परिषधको प्रथम जिल्ला अधिवेशनबाट निर्माण व्यावसायी भुवन जोशीको अध्यक्षतामा ११ सस्यीय जिल्ला कमिटि गठन गरिएको छ । मंगलबार पाटनमा भएको प्रथम अधिवेशनबाट जोशीको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटि गठन गरिएको हो ।
उपाध्यक्षमा नविन बोहरा, सचिवमा पदमराज अवस्थी, उपसचिवमा हिक्मत बहादुर चन्द, कोषाध्यक्षमा धर्मेन्द्र कपाडी रहेका छन् ।
प्रथम जिल्ला अधिवेशन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष नरेश बिक, उपाध्यक्ष लोकेन्द्र भण्डारी, प्रदेश कमिटि सचविालय सदस्य धर्मानन्द भट्ट, एमाले प्रदेश कमिटि सल्लाहकार परिषध सदस्य नारायण सिंह भण्डारी लगायत नेता तथा निर्माण व्यावसायीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.