बैतडी-साहित्यकार कर्ण दयाल सोराडीलाइ गणेश स्मृति हेमन्ती पुरुस्कार २०८० बाट सम्मानित गरिएको छ ।बुधबार धनगढीमा आयोजीत एक समारोहका बिच सुदूरपश्चिमाञ्चल साहित्य समाजले उनलाई नगद रु २५हजार सहित पुरुस्कृत गरेको हो ।
उक्त समारोहमा साहित्य समाजले एक दर्जनभन्दा बढी साहित्यकारहरूलाई सम्मानित गरेको बताइएको छ ।
तिर्थराज पाण्डेको अध्यक्षतामा भएको सम्मान तथा पुरस्कार अर्पण समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य विक्रम धामी रहेका थिए ।
धनगढीमा आयोजीत श्रीवत् भागवत कथा सप्ताह ज्ञान महायज्ञ २०८१ को समापनको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।