आज कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ। कोशीको तराई क्षेत्रमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रही थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै मधेशका थोरै ठाउँमा पनि आज हावाहुरी चल्ने सम्भावना छ। दिउँसोपछि गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा आजको मौसम सफा नै रहने अनुमान छ। अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ।
हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।