सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ।
रानाथारू समुदायको परम्परागत होली पर्वको अन्तिम दिन ‘खखडेहरा पर्व’ को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
सुदूरपश्चिम प्रदेश सरकारको राजपत्रमा चैत ८ गते प्रदेशभर सार्वजनिक बिदा रहेको उल्लेख छ। बिदाको दिन यहाँका सम्पूर्ण कार्यालय बन्द रहनेछन् ।