उदयदेव प्रिमियर लिग चैत २२ देखि: विजेतालाई १ लाख १ हजार पुरस्कार

बैतडी-दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) क्रिकेट प्रतियोगिता चैत २२ गतेदेखि सुरु हुने भएको छ ।

आयोजक पाटन भ्याली क्रिकेट क्लबका अध्यक्ष सन्तोष जोशीका अनुसार प्रतियोगितामा सहभागिता जनाउने टिमले चैत २० गतेसम्म दर्ता गराइसक्नुपर्नेछ ।

प्रतियोगितामा जिल्लामा दर्ता भएका क्लब, संघ संस्था तथा स्थानीय तहहरुका टोली सहभागिता जनाउन पाउनेछन् । टीम दर्ता शुल्क १३ हजार ५ सय राखिएको छ ।

लेदर बलले टि २० फम्र्याटमा खेलाइने प्रतियोगितामा सहभागी हुने टिममा जिल्ला बाहिरका तीन खेलाडी सहभागी गराउने पाउनेछ ।

श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार १११ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेता टीमले ४५ हजार ५५ रुपैयाँ नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ ।प्रतियोगितामा म्यान अफ द सिरिजलाई ८ हजार ८४८ रुपैयाँ, बेष्ट ब्याट्स्म्यान तथा बेष्ट बलरलाई ५ हजार ५५५ रुपैयाँ र उदयमान खेलाडीलाई २ हजार ५२५ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

पहिलो संस्करणको उदयदेव प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबले हात पारेको थियो ।खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक पाटन भ्याली क्रिकेट क्लबले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.