बैतडी-बैतडीमा चेक अनादर मुद्दाका फरार एक जना पक्राउ परेका छन्। जिल्लाको सिगास गाउँपालिका–३ सिस्नेखेती बस्ने ३७ बर्षीय विनोदकुमार साउँदलाई शनिवार प्रहरीले पक्राउ गरेको हो। चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएका तर फरमार रहेका साउँदलाइ प्रहरी चौकी गाजरी, बैतडीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै पक्राउ गरेको जनाएको छ।