मणिलेक बहुमुखी क्याम्पस मेलौलीमा अनेरास्ववियु इकाई कमिटि गठन

बैतडी-बैतडीको मेलौली नगरपालिका-७ मा रहेको मणिलेक बहुमुखी क्याम्पसमा नेकपा एमालेको भातृ संगठन  अनेरास्ववियुको इकाई कमिटी गठन गरिएको छ।

मणिलेक बहुमुखी क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थी मध्येबाट उर्मिला नायकको अध्यक्षतामा १६ सदस्यीय क्याम्पस इकाई कमिटि गठन गरिएको हो ।

जसको उपाध्यक्षमा प्रेम सिंह भाट,सचिबमा सरोज भट्ट, सहसचिबमा अमृत महता,र भागरथइ भट्ट कोषाध्यक्षमा चेतना नायक र सदस्यहरुमा लक्ष्मी ओझा सुनिल बोहरा,सोनिया नेगी,नेहा भट्ट,जानकी भट्ट,ललित पन्त,लक्ष्मी भट्ट,धनवीर दयाल,जगदिश ठगुन्ना ,सुस्मिता नायक लगायत रहेका छन ।

अनेरास्ववियुका पुर्व केन्द्रिय सदस्य तथा नेकपा एमाले बैतडीका जिल्ला कमिटीसदस्य तपेन्द्र सिंह विष्टको प्रमुख आथित्यता रहेको कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ता लगायतको उपस्थति रहेको थियो।

Leave A Reply

Your email address will not be published.