साफ १९ वर्षमुनिको प्रतियोगिता: बन्द प्रशिक्षणबाट १६ खेलाडी बाहिरिए

साफ १९ वर्षमुनिको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १६ खेलाडी बाहिरिएका छन्। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–१९ च्याम्पियनशिपको बन्द प्रशिक्षणमा रहेका खेलाडीको सङ्ख्या ४२ मा झारेका हुन्।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले प्रतियोगिताका लागि आफ्नै हेडक्वार्टरमा बन्द प्रशिक्षण राखेको छ। तीन दिनको छनोटपश्चात् खेलाडीको सङ्ख्या ५८ बाट ४२ मा झारिएको हो।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने प्रतियोगिता ९ देखि १८ ‘मे’ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रङ्गशालामा हुने तय गरिएको छ।

नेपालले श्रीलङ्कासँग ‘मे’ ११ मा खेल्दै प्रतियोगिताको शुरुआत गर्दैछ। त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतको सामना गर्नेछ। समूह ‘ए’ मा नेपाल र भारतसहित श्रीलङ्का छ। अर्को समूहमा बङ्गलादेश, माल्दिभ्स र भुटान छन्। प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्स र बङ्गलादेश खेल्दैछन्। हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

Leave A Reply

Your email address will not be published.