एएफसी महिला एशियन कप २०२६ को छनोट चरणको ‘ड्र’ सार्वजनिक भएको छ।
महिला एशियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ। यो समूहमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । यो समूहको खेल आउँदो जुनमा उज्बेकिस्तानमा हुनेछ।
फिफा वरीयतामा उज्बेकिस्तान नेपालभन्दा निकै अघि छ। फिफा वरीयतामा उज्बेकिस्तान ५०औं, नेपाल ९९औं, लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन्।
महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई ८ वटा समूहमा विभाजन गरिएको छ। हरेक समूहका विजेताले आउँदो वर्षको मार्चमा अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन्।
एशियन कपमा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन्। प्रतियोगितामा १२ वटा टोली सहभागी हुनेछ।