आईपीएल क्रिकेटमा लखनउले हैदराबादलाई ५ विकेटले हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइर्जस हैदराबादलाई ५ विकेटले हराएको छ। हिजो भएको खेलमा हैदराबादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउले १६ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। लखनउको जीतमा निकोलस पुरनले सर्वाधिक ७० रन बनाए। मिचेल मार्शले ५२ रन जोडे।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले २ तथा मोहम्मद सामी, हर्षल पटेल र एडम जाम्पाले समान १ विकेट लिए। त्यसअघि घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो।

हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए। अनिकेत बर्माले ३६ रन जोडे । लखनउको लागि शार्दुल ठाकुरले ४ विकेट लिए।

पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको लखनउको यो पहिलो जीत हो। हैदराबादले पहिलो खेलमा राजस्थानलाई हराएको थियो। आईपीएलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोरु खेल्दैछन्।

Leave A Reply

Your email address will not be published.