राजावादीको प्रदर्शनमा घाइते भएका युवकको ज्यान गयो

काठमाण्डौ – आज दिउँसो तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको ज्यान गएको छ।

प्रहरीको गोली लागेर घाइते भएका कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

आजको प्रदर्शनमा राजावादीले तीनकुने क्षेत्रमा व्यक्तिका घरसँगै आलोकनगरमा रहेको नेकपा ९एकीकृत समाजवादी० को कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामङ्गलको नागरिक उड्डयन कार्यालय, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरेका छन् ।

Leave A Reply

Your email address will not be published.