गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण, लुटपाट र ज्यान जाने गरी भएको घटनाका दोषीलाई कानून अनुसार कारबाही हुने बताउनुभएको छ। आज नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरुमाथि कानून अनुसार अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको हो।
राजावादीहरुले तीनकुनेमा हिजो गरेको आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको छ भने सार्वजनिक र निजी सम्पतीमाथि तोडफोड गरेका छन्। आक्रमणकारीहरुले हिजो नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए।
त्यसैको अनुगमन एवम् निरीक्षणका क्रममा आलोकनगर पुग्नुभएका गृहमन्त्री लेखकले राजावादीहरुले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता, चेतनासँग साइनो नरहेको बताउनुभयो।