तीनकुने घटना : उच्च न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठनको माग गरेको हो।

त्यस्तै, रास्वपाले केन्द्रीय समिति बैठक पनि आह्वान गरेको छ। आगामी चैत १८ गते केन्द्रीय कार्यालय, बनस्थलीमा बैठक आह्वान भएको रास्वपाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.