बैतडी : मणिलेक बहुमुखि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका लागि नेपाल विद्यार्थी सघं (नेविसघं) का तर्फबाट मनोज दत्त ओझा उम्मेदवार छन। क्याम्पस र विद्यार्थीको हक हितको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन।
मेलौली खबरसंग कुराकानि गर्दै ओझाले स्ववियु सभापति पदमा निर्वाचित भएपछि क्याम्पसमा गुणस्तरिय र स्वरोजगारमुलक शिक्षाको लागि पहल गर्ने योजना रहेको सुनाए। यसैगरी आईसिटी कक्षा सञ्चालन गर्ने, स्मार्ट बोर्ड सञ्चालन, क्याम्पसमा पानिको व्यवस्था गर्ने, योगको बारेमा अन्तक्रिया, ६ महिना भित्रै स्ववियु कप सञ्चाल गराउने, गरिव जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र उचित शुल्कको व्यवस्था गर्ने एजेण्डा रहेको बताउनुभयो।
ओझाले भलिवल खेलको लागि उचित कोर्टको पहल गर्ने, लोकसेवा र शिक्षक सेवा आयोगका लागि सहि मार्ग निर्देशन दिने जस्ता कार्यक्रम सञ्चालन, क्याम्पसमा पुस्तकालय र भौतिक पूर्वाधार निमार्णका लागि बिभिन्न निकायसगं समन्वय गर्ने, कम्प्युटर बेसिककोर्स तालिम सञ्चालन, साहित्यीक कार्यक्रमहरु सञ्चालन, कमजोर पारिवारीक अवस्था भएका विद्यार्थीलाई नि:शुल्क पठन-पाठनको व्यवस्थामा सहजीकरण लगायत महिला सशक्तिकरणको लागि नेतृत्व विकास तालिम सञ्चालन गर्ने योजन रहेको बताएका छन।
विगतका दिनमा पनि स्ववियुको पहलमा केहि कामहरु भएको र आफ्नो कार्यकालमा पनि क्याम्पस र विद्यार्थीहरुको हक हितका लागि काम गर्ने योजना रहेको बताएका छन। मणिलेक बहुमुखि क्याम्पसको स्ववियु निर्वाचनमा तिनजना चुनावी मैदानमा उत्रिएका छन।
नेविसघंबाट ओझासगै अनेरास्ववियुबाट सरोज भट्ट र अखिल(क्रान्तिकारी)का तर्फबाट कल्पना भट्ट सभापति पदका लागि चुनावि मैदानमा छन। चैत्र २७ गते हुने निर्वाचनमा १२५ जना मतदाता रहेका छन।