शिक्षकहरुलाई प्रधानमन्त्री ओलीले भने, आफ्नो मात्र हित हेरेर समस्या समाधान हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताउनुभएको छ ।

शुक्रबार नेकपा (एमाले)ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरु भावनामा बगेको उल्लेख गर्दै यसले समाधान नदिने बताउनुभएको हो। आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्वपूर्ण रहेको उहाँको भनाइ छ। उहाँले रोकिएको शिक्षा ऐनलाई उपयुक्त ढंगबाट ल्याइने बताउनुभयो। उहाँले सरकार शिक्षकका समस्या समाधान गर्न चाहिरहेकोले शिक्षकहरुले समेत आफ्नो बाध्यता बुझिदिनुपर्ने बताउनुभयो।

मुलुकमा विद्यमान समस्याको समाधान गर्नकै लागि वर्तमान सरकार गठन भएको प्रधानमन्त्री ओलीको दाबी छ। उहाँले एक जना कर्मचारी निकाल्दा राजनीतिक दलहरुले रुवाबासी गरेको टिप्पणी गर्नुभयो।

Leave A Reply

Your email address will not be published.