नेपाल चार देशीय टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा प्रवेश

नेपाली टोली हङकङमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा पुगेको छ। आज भइरहेको लिग चरणको अन्तिम खेलमा नेपाल र आयोजक हङकङबीचको खेल वर्षाले रद्द भएको थियो।

हङकङको मोङककमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेकामा टस हारेर ब्याटिङ गरेको हङकङले ९ ओभर खेल्दा ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। नेपालका लागि ललित राजवंशीले २ तथा नन्दन यादवले १ विकेट लिए।

सो क्रममै वर्षाले भएको र त्यसपछि खेल हुन नसकेपछि दुबै टोलीले अंक बाँडेका हुन्। अंक बाँडेपछि नेपाल हङकङभन्दा अंकतालिकामा अगाडि रहेकोले फाइनलमा सुरक्षित भएको हो।

यसअघि नेपालले लगातार दुई निकालेको थियो। उपाधिका लागि नेपाल र कुवेतले आइतबार खेल्नेछन्। कुवेत यसअघि नै फाइनलमा पुगेको थियो।

Leave A Reply

Your email address will not be published.