सुनको भाउमा र्कीतिमान : तोलाको एक लाख ८७ हजार रुपैयाँ पुग्यो

सुनको भाउले आज र्कीतिमान बनाएको छ। सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो।

आज सुनको भाउ तोलामा एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। नयाँ वर्ष २०८२ सालको कारोबार भएको पहिलो दिन हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार तीन सय रुपैयाँमा कायम भएको थियो। गएको चैत्र ३१ गते सुनको भाउ तोलाको एक लाख ८६ हजार रुपैयाँ रहेको थियो।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँ रहेको थियो।

Leave A Reply

Your email address will not be published.