१५ औँ बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुर्चौडीले जितेको छ । ९ स्वर्ण, १० रजत र ७ काश्यसहित पुर्चौडी नगरपालिकाले रनिङ शिल्डको उपाधि जितेको जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।
यस्तै दोगडाकेदार गाउँपालिका ९ स्वर्ण, ३ रजत १ काश्यसहित दोस्रो स्थान प्राप्त गरेको छ। गतवर्षको उपाधि विजेता मेलौलीले तेश्रो स्थानमा नै चित्त बुझाउन प¥यो। तृतिय स्थान हासिल गरेको मेलौलीले ८ स्वर्ण, ६ रजत र ६ काश्य पदक हात पारेको छ ।
स्वर्ण ४२ स्वर्ण, रजत ४२ र ४४ काश्यका लागि प्रतिस्पर्धा भएको थियो । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागी खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रदेशस्तरीय प्रतियोगितामा छनोट गरिने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिनुभयो । पुर्चौडीमा पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको र पुर्चौडीले पहिलो पटक यो प्रतियोगिताको उपाधि जितेको अध्यक्ष भण्डारीले बताउनुभयो ।
जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा पुर्चौडी नगरपालिकाको सहआयोजनामा बैशाख ३ गतेदेखी ५ गतेसम्म विशालपार्क खेलमैदानमा सञ्चालन भएको थियो । प्रतियोगितामा बैतडीका १० ओटै स्थानीय तहको सहभागीता रहेको थियो ।