आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ। सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ रहेको थियो।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको दुई हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको दुई हजार १० रुपैयाँ रहेको थियो ।