नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ। लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहनुभएका डङ्गोलको गएराति केएमसी अस्पतालमा निधन भएको हो।
२००४ सालमा काठमाण्डौमा जन्मनुभएका ७७ वर्षीय डङ्गोल कांग्रेस काठमाण्डौको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाण्डौ महानगरपालिकाको पूर्व उपप्रमुखसमेत हुनुहुन्थ्यो। डङ्गोल विसं २०६२र६३ को जनआन्दोलनमा काठमाण्डौमा कमाण्डरका रूपमा खटिनुभएको थियो। उहाँको श्रीमती हुनुहुन्छ।
डङ्गोलको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ। उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले जानकारी दिनुभयो।