संघर्षदेखि सफलता: लाल बहादुर साउद (मलासी) को जीवन यात्रा

सुदूरपश्चिम अछाम जिल्ला, चौरपाटी गाउँपालिका–१ सिउँडी मटेना। हरियालीले ढाकिएको डाँडाकाँडा, पुरानो संस्कृति र परिश्रमी मानिसहरूको त्यो भूगोलमा २०५३ साल जेठ १९ गते मंगलबारका दिन जन्मिए, लाल बहादुर साउद।

सानैदेखि मेहनती, सरल र अध्ययनशील स्वभाव भएका लाल बहादुरले आफ्नो प्रारम्भिक शिक्षा श्री सिउँडी माध्यमिक विद्यालयबाट प्राप्त गरे। तर जीवनले सधैँ सहज बाटो देखाउँदैन। २०७२ सालमा, जब उनी किशोर अवस्थाबाट युवावस्थामा पाइला टेकीरहेका थिए, एकाएक जन्म दिने बुवाको असामयिक निधन भयो। त्यो क्षण, उनको जीवनमा भूकम्प जस्तै आयो। घरका जेठा छोरा भएकाले बुढी आमा र कान्छी बहिनीहरूको सम्पूर्ण जिम्मेवारी उनीमाथि आयो।

अचानक परिवारको भारी जिम्मेवारी र आफ्नो पढाइबीचको द्वन्द्वमा फसे, लाल बहादुर। पढ्ने कि परिवार पाल्ने? भन्ने गहिरो प्रश्नले उनलाई दिनरात सताउन थाल्यो। साथीहरू उच्च शिक्षा तर्फ अघि बढिरहेका बेला उनले आफैँलाई संयमित राखेर परिवारको भविष्य सुरक्षित गर्ने निर्णय गरे। यद्यपि, हरेक रात, उनी सपना देख्थे — शिक्षा, सेवा र समाजको उन्नतिमा योगदान दिने।

सन्देश फैलाउने सपना: रेडियोको स्थापना

राजनीति र सामाजिक परिवर्तनप्रतिको रुचि विद्यार्थी जीवनदेखि नै पलाएको थियो। बुवा गुमाएको पीडाबाट घाइते भए पनि, उनले आँसु पुछे र जीवनमा केहि गरौं भन्ने दृढ संकल्प गरे। तत्कालीन अवस्थामा सञ्चार पहुँच विहीन ग्रामीण क्षेत्रमा सूचना, शिक्षा र चेतना फैलाउन रेडियोको महत्त्वलाई उनले राम्ररी बुझे।

त्यही दृष्टिले अछाम र डोटी जिल्लाको सीमाक्षेत्रमा एउटा सामुदायिक रेडियो स्थापना गर्ने अभियानमा उनले महत्वपूर्ण भूमिका खेले। सिमाना क्षेत्रमा सूचनाको उज्यालो फैलाउने त्यो प्रयास उनका लागि केवल पेशागत नभएर जीवनको अभियान बन्यो। करिब दुई दशकभन्दा बढी समय उनले रेडियो पत्रकारितामा बिताए — आवाजहीनहरूको आवाज बने, चुप लागेका पीडितहरूको कथा सुनाए, र समाजमा चेतना फैलाए।

राजनीतिक यात्रा: जनसेवाबाट नेतृत्वसम्म

सञ्चारमार्फत समाजमा योगदान दिँदै जाँदा, उनी राजनीतिको मुलधारमा पनि प्रवेश गरे। उनले नेकपा एमाले पार्टीबाट राजनीतिक यात्रा सुरु गरे। सक्रिय कार्यकर्ता हुँदै, उनले वडा कमिटी सचिव, गाउँ संगठन कमिटी सदस्यजस्ता जिम्मेवारी बहन गरे। उनका काम, इमानदारी र जनसंपर्कले उनलाई लोकप्रिय बनायो।

२०७८ सालतिर एमालेको विभाजन भयो। परिस्थितिले पार्टीमा ठूला बदलाव ल्यायो। त्यसपछिका दिनमा उनले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजे र वडा सभापतिको जिम्मेवारी पाए पार्टीले २०७९ सालमा उनलाई सर्वसम्मत रूपमा वडा अध्यक्षको उम्मेदवारको रूपमा सिफारिस ग¥यो। यद्यपि, उनले व्यक्तिगत र पार्टी निर्णयलाई सम्मान गर्दै चुनावी प्रतिस्पर्धामा होमिनु भएन। पार्टीको नीति र सिद्धान्त भन्दा माथि केही छैन,भन्ने उनको गहिरो बिश्वास थियो।

अध्यापन र संस्थागत सेवा

राजनीतिक यात्रासँगै उनी शिक्षण पेशामा पनि केही समय लागे। गाउँको एउटा स्कुलमा अध्यापन सुरु गरे। विद्यार्थीहरूलाई शिक्षाको ज्योति छर्ने प्रयास गरे। तर, परिस्थितिजन्य कारणले अध्यापन यात्रा छोटो रह्यो। पछि, उनी चार वर्षभन्दा बढी एक संस्थागत क्षेत्रमा कार्यरत रहेर समुदाय विकास र सामाजिक कार्यमा संलग्न रहे।

स्वतन्त्र यात्रातर्फस् कृषि तथा पशुपालन

संस्थागत जीवनबाट बाहिरिएपछि, लाल बहादुरले आत्मनिर्भरताको बाटो रोजे। आर्थिक चुनौतीहरूसँग जुध्दै, उनले २०७७ सालमा अञ्जली एण्ड कुशल मलासी कृषि तथा पशुपन्छी फर्मू दर्ता गरे।

व्यवसाय सुरु गर्दा चुनौती कम थिएन। साधन, स्रोत र सीप सीमित थिए। तर, उनको हिम्मत र अथक परिश्रमले मार्ग खोल्यो। उनले विभिन्न जातका फलफूलका बिरुवा रोप्न थाले। तर मुख्यरूपमा उनले बाख्रापालन व्यवसायलाई रोजे।

आज, उनको फर्ममा ४० भन्दा बढी उन्नत जातका बाख्रा छन्। ती बाख्राबाट उनले राम्रो आम्दानी गर्दै आफ्ना छोराछोरी र परिवारलाई समुन्नत जीवन दिन सफल भएका छन्। बाख्राको चरन, बिरुवाको हरियाली र खेतबारीको रमझम उनका लागि मात्र व्यवसाय होइन, जीवनको सपना साकार गर्ने साधन बनेका छन्।

जीवन दर्शन: संघर्ष, सेवा र सफलता

लाल बहादुर साउद (मलासी) को जीवन एक गहिरो सन्देश बोकेको छ —
संकटलाई अवसरमा बदल्न सकिन्छ, यदि आत्मबल र धैर्य साथमा छ भने।

उनी भन्छन्,
जन्मपछि मृत्यु निश्चित छ, तर बाँचुन्जेल केही सकारात्मक काम गरेर जानु नै साँचो जीवन हो। उनको जीवन हामी सबैका लागि प्रेरणाको स्रोत हो — जुन हाम्रा आफ्ना संघर्षमा पनि उज्यालो दियो जस्तै चम्कन्छ।

Leave A Reply

Your email address will not be published.