कञ्चनपुरमा चट्याङ लागेर एक जना गर्भवतीको ज्यान गएको छ।
आज बारीमा काम गर्दैगर्दा चट्याङ लागेर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ की २४ वर्षीया लालमती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते हुनुभएको छ।