आज राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस

आज राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस, सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। आदर्श नारी सीताको जन्मदिनको स्मरणमा जनकपुरधाममा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ।

जानकी मन्दिरमा विशेष कार्यक्रम हुँदैछ। जानकी नवमीको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवम् पुराणमा वर्णन गरिएको छ।

सीतालाई सत्यवती, पतिव्रता एवम् आदर्श नारीका रूपमा सम्मान गरिन्छ। सांस्कृतिक, धार्मिक एवम् प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ।

Leave A Reply

Your email address will not be published.