कैलालीमा हाईसको ठक्करबाट मोटरसाईकल चालक कडायतको मृत्यु

कैलाली-कैलालीमा सोमबार मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने गौरिगंगा नगरपालिका वडा नम्बर–११ का ४५ बर्षीय नरबहादुर कडायत रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्र्तगत घोडाघोडी नगरपालिका वडा नम्बर–२ साँडेपानीमा दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरिक्षक रमेशदत्त अवस्थिले पश्चिमबाट गईरहेको ०१–००६ख ७१५० नम्बर हाईसले र पूर्वबाट आईरहेको से ७ प ७३७२ नम्बर मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक कडायत सख्त घाईते भई घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

हाईस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.