बैतडी: मेलौली नगरपालिका– २ कपर्तका ३८ वर्षीय नारायण ओडको मृत्युपछि उनको परिवार बिचल्लीमा परेको छ। रोजगारीका लागि भारतको ब्याङ्लोरमा रहेका ओड एक महिना अगाडी काम गरेर रुम फर्केपछि बेहोस भएर ढलेका थिए।
साथीभाईको सहायोगले अस्पताल भर्ना भएका उहाँको आर्थिक अभावले उपचार हुन सकेन र घर ल्याउदै गर्दा बैशाख २८ गते बाटोमै मृत्यु भयो। उहाँसंग भएको र साथीभाई सापटी गरेको सबै पैसा सकिएपछि उनको परिवारसंग किरिया खर्च समेत छैन्। जेनतेन आफ्नो चलन अनुसार मृत्यु संस्कार गरिरहेका परिवारलाई अहिले दैनिक हातमुख जोड्न समेत समस्या छ।
एउटा छोरी र दई छोराको लालन पालन गर्न समेत अहिले समस्या भएको मृतक ओडकी पत्नी डम्बरी ओडले बताउनुभयो। छोराछोरीलाई खुवाउन समेत समस्या भएकाले आर्थिक सहयोगका लागि ओडले सबैमा आग्रह गरेकी छिन्।