बैतडीमा कांग्रेसद्वारा वडास्तरीय प्रशिक्षण शुरु

बैतडी-नेपाली कांग्रेस बैतडीको वडास्तरीय प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।दशरथचन्द नगरपालिकाको वडा नं ११ बाट प्रशिक्षण कार्यक्रम शुरु गरिएको नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताउनुभयो ।

जिल्लाका १० ओटै स्थानीय तहका ८४ ओटै वडामा प्रशिक्षण अभियान सञ्चालन गरिने र कांग्रेसको नीति, विधि, विधान र सिद्धान्तका बिषयमा जानकारी दिनुका साथै संगठनलाई समेत बलियो बनाउने उद्देश्यले प्रशिक्षण अभियान शुरु गरिएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्द बताउनुभयो ।

प्रशिक्षण अभियानमार्फत पार्टीलाई बलियो बनाउने र संगठन विस्तार लाई सुदृढीकरण गरिने उहाँले बताउनुभयो ।

वडा सभापति शंकरदत्त पन्तको अध्यक्षता सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टी उपसभापति बिरबहादुर बिष्ट,पूर्व जिविस सभापति विष्णुदत्त जोशी, पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्द, सहसचिव दिपेन्द्रबहादुर चन्द,दशरथचन्द नगरकार्यसमिति सचिव गणेशसिंह थापा, पूर्व जिल्ला कार्यसमिति सदस्य रमेशसिंह भण्डारी, पूर्व नगरसभापति लालबहादुर चन्द, तरुण दलका अध्यक्ष महेशदत्त भट्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.