बैतडी-अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस–२०२५ को अवसर पारेर बैतडीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।
मेलौली नगरपालिका स्वास्थ्य शाखा बैतडीको आयोजनामा कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताउनुभयो ।
मेलौली नगरपालिकाका वडा न ६ मा रहेको जगदम्बा मावि र मेलौली ७ मा रहेको भरतपुर मावि गाउँकोटमा कार्यक्रम सम्पन्न भएको हो ।
विजयी प्रतियोगीहरुलाई प्रमाणपत्र सहित पहिलो,दास्रो,तेस्रो र सात्वना हुनेलाइ नगद पुरुस्कार प्रदान गरिएको थियो ।
महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जनचेतना दिन यो दिवस मनाउने गरिएको छ ।
यस्तै स्वास्थ्य कार्यालय बैतडीको आयोजना तथा पाटन नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा पनि प्रतियोगिता सम्पन्न भएको छ ।
महिनावारी सम्बन्धीका हानिकारक अभ्यास तथा गलत मान्यताको अन्त्यका “महिनावारी मैत्री समाजका लागि सहकार्य” शिर्षकमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको स्वास्थ्य कार्यालय बैतडीका निमित्त प्रमुख हरिशप्रशाद भट्टले जानकारी दिनुभयो ।सो अवसरमा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको उपस्थिति रहेको थियो ।