इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको इलिमिनेटरमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दै छन्। न्यू चण्डिगढमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ।
इलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा अर्थात फाइनल प्रवेशका लागि पन्जाब किङ्ग्ससँग खेल्नेछ। यो खेलको विजेताले रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० सँग उपाधिका लागि खेल्नेछ।
यसअघि हिजोको पहिलो क्वालिफायरमा पन्जाबलाई हराएर बेङ्गलुरु आईपीएलको फाइनलमा पुगेको थियो। फाइनल खेल जुन ३ तारिखमा हुनेछ।