पहिलो पटक आईपीएल क्रिकेटको उपाधि बेङ्गलुरुलाई, पन्जाब ६ रनले पराजित

रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ। हिजो भएको फाइनल खेलमा पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै बेङ्गलुरुले पहिलो पटक उपाधि जितेको हो।

अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा एक सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले ७ विकेट गुमाउँदै एक सय ८४ रन मात्र बनाउन सक्यो। पन्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए। बेङ्गलुरुका भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको बेङ्गलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो। बेङ्गलुरुका लागि विराट कोहोलीले सर्वाधिक ४३ रन बनाए। पन्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ विकेट लिए।

लिग चरणमा पन्जाब पहिलो र बेङ्गलुरु दोस्रो स्थानमा रहेका थिए। पहिलो क्वालिफायरमा पन्जाबलाई हराउँदै बेङ्गलुरु फाइनलमा पुगेको थियो।

पन्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै फाइनलमा पुगेको थियो। यसअघि अहिलेसम्म ७ टोलीले आईपीएल जितेकोमा बेङ्गलुरु आईपीएलको ८औं च्याम्पियन टिम बनेको छ।

Leave A Reply

Your email address will not be published.