आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ। २०६८ देखि यो दिवस मनाउन थालिएको हो।
सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो। त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ।
नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नुहँदा सरोकारवाला चिन्तित छन्। अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन्।
जातीय छुवाछूत कानूनतस् दण्डनीय अपराध हो। नेपालको संविधानले नै सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ।
दिवसका अवसरमा आज सरोकारवालाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। राज्यका उच्च पदस्त व्यक्तिहरूले पनि दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै छुवाछूतमुक्त राष्ट्रका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।