१४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आजदेखि

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आयोजनामा हुने १४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आजदेखि शुरु हुँदैछ। विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद आयोजना गरिएको राखेपले जनाएको छ।

राखेप सदस्य–सचिव टङ्कलाल घिसिङका अनुसार प्रतियोगितामा सात प्रदेशका चार सय ७६ खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र/छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र/छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कास्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ। एथलेटिक्स र रग्बी त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला, टेबलटेनिस लैनचौरमा रहेको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बुढानीलकण्ठमा रहेको ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ।

Leave A Reply

Your email address will not be published.