एलोन मस्कसँगको सम्बन्ध सकियो: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलोन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ। एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले अब सम्बन्ध सुधार्ने चाहना नरहेको स्पष्ट पार्नुभएको छ।

ट्रम्प र मस्कबीचको खटपट ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’ नामक कर तथा खर्च विधेयकप्रति मस्कको आलोचनापछि थप चुलिएको हो। मस्कले त्यो विधेयकले सरकारी खर्च बढाउने र देशलाई बर्बाद गर्ने टिप्पणी गर्नुभएको थियो।

ट्रम्प र एलोन मस्कबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप तीव्र बनेको छ। कर र खर्चसम्बन्धी विधेयक हाउस अफ रिप्रेजेन्टेटिभ्स (अमेरिकी संसदको तल्लो सदन) मा पास गरिएको थियो।

यसमा कैयौं ट्रिलियन डलरको करमा छुट, रक्षा खर्चमा बढोत्तरी र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति दिइएको छ। अर्बपति मस्क डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिशिएन्सी (डीओजीआई) अर्थात् खर्च कटौती विभागमा झन्डै साढे चार महिना काम गरेपछि हालै बाहिरीनुभएको थियो।

Leave A Reply

Your email address will not be published.