बैतडी–बैतडीको मेलौली नगरपालिकाका ७ वडा पूर्ण खोप सुनिश्चित घोषित भएका छन्। बुधबार पालिकाका ७ वडा पुर्ण खोप सुनिश्चित घोषित भएका हुन्।
नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोहन सिंह भाटले ९ वडा मध्ये सात वटा वडालाई पुर्ण खोप सुनिश्चित घोषणा गरिएको बताउनुभयो। ती वडामा उमेर समुह अनुसार निर्धारित सबै खोप लगाउने कार्य पुरा भएपछि वडालाई घोषणा गर्ने कार्य भएको होे।
भोलि बिहिबार वडा न १,र ४ लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिने स्वास्थ शाखामा सिनियर अ.हे.भ राज बहादुर चन्दले जानकारी दिनुभयो ।
सबै वडालाई घोषणा गर्ने कार्य पूरा भएपछि संयुक्त अनुगमनको प्रतिबेदनका आधारमा नगरपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम छ।