आज सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने

गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि पानी परिरहेको छ। पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पर्वत ८१ र बाग्लुङमा ७८ मिलिमिटरभन्दा धेरै पानी परेको छ। पाल्पा, म्याग्दी, लमजुङ, बाँकेलगायतका ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ।

पर्वतको पन्चासे वर्षामापन केन्द्रमा ठूलो पानी परेकाले त्यस क्षेत्र भई बहने खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ।

Leave A Reply

Your email address will not be published.