नेपालका ६ जना खेलाडी बीबीएलका कुनै पनि टोलीले अनुबन्ध गरेनन्

स्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘बिग बाश लिग’ (बीबीएल) को विदेशी खेलाडीको ड्राफ्टमा परेका नेपालका ६ जना खेलाडी टिममा आबद्ध हुन असफल भएका छन्।

नेपालबाट सन्दीप लामिछाने, देव खनाल, आरिफ शेख, अर्जुन साउद, विपिन शर्मा र शेर मल्ल ड्राफ्टमा रहेका थिए। तर आज भएको १५औं संस्करणको बीबीएल ड्राफ्टमा नेपालका खेलाडी कुनै पनि टोलीमा अनुबन्ध हुन सकेनन्। आज भएको ड्राफ्टबाट ८ वटा टोलीले १५ जना खेलाडी अनुबन्ध गरेका छन्।

सन्दीपले यसअघि मेलबर्न स्टार्स र होबर्ट हरिकेन्सबाट बीबीएल खेलिसकेका छन्। सन्दीप र ललित राजवंशी गएको संस्करणको बीबीएल ड्राफ्टमा सहभागी भए पनि उनीहरूलाई कुनै पनि टोलीले आबद्ध गरेनन्।

बीबीएलमा एडिलेड स्ट्राइकर्स, ब्रिसबेन हिट, होबर्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कोर्चर्स, सिड्नी सिक्सर्स, सिड्नी थन्डर गरी ८ वटा टोली छन्।

Leave A Reply

Your email address will not be published.